मिटरब्याजीविरुद्ध उजुरी गर्न गृह मन्त्रालयको आग्रह

जनकपुरधाम । गृह मन्त्रालयले मिटरब्याजीको अपराध र शोषण विरुद्ध आगामी ५ भदौभित्र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सूचना जारी गरेको छ ।

मन्त्रालयले शनिवार सार्वजनिक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो । ‘यो समस्या नवलपरासीमा मात्र नभई तराइका अधिकांश जिल्लाहरुमा रहेको गुनासो प्राप्त भएको भएतापनि देशैभरि मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरव्याजीले गरेको अपराध र शोषण विरुद्ध आ–आफ्नो जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा मिति ०७९/०५/०५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन’ सूचनामा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस