सप्तरी–३ का दलितको दुखेसो : ५० लाख खर्चियो तर बस्तीमा एउटै टुबेल जडान भएन (भिडिओ)

राजविराज – सप्तरीका निर्वाचन क्षेत्र नम्वर ३ (ख) का मुसहर समुदायले टुबेल नपाएको गुनासो गरेका छन् ।

अघिल्लो निर्वाचनमा मत हालेर पठाएका प्रदेससभा सदस्यले नै आफुहरुको समस्यालाई वेवास्ता गर्दै आएको उनीहरुले बताएका हुन् । डाक्नेश्वर नगरपालिका–५ निवासी उनीहरुले प्रदेशसभा सदस्यको वेवास्ताकै कारण ५० लाख रुपैयाँ खर्चेर टुबेल जडान हुँदा पनि बस्तीमा एउटै टुबेल नपाएको दुखेसो सुनाउँछन् ।

निर्वाचनको बेलामा खुट्टा ढोगेर मत लिएपछि फर्केर कहिले नआउने जनप्रतिनिधिहरुका कारण यहाँका दलितको अवस्थामा कुनै पनि सुधार नआएको उनीहरुको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस