नेपालमा थप १ हजार ४५४ जनामा काेराेना संक्रमण

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार थपिएको यो संख्यासँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए ।

आजसम्‍मको तथ्यांकअनुसार देशभरमा १४ हजार ९२५ सक्रिय संक्रमित छन्। देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ।

Author:



क्याटोगरी छान्‍नुहोस