जसपाले थाल्यो विधान अधिवेशनको तयारी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी थालेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो साङ्गठनिक अनुभव, प्रमुख राजनीतिक दलका साङ्गठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको हो ।

संघीय र समाजवादी मुलुकका तत् सम्बन्धी दस्ताबेजहरू पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ । जसपाको राजनीतिक समितिले सङ्गठनहरू गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय सङ्गठन विभागले मातहतका पार्टी सङ्गठन, समितिहरू र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ । आगामी चैत्र सम्ममा विधान अधिवेशन गर्ने र जेठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस