जनकपुरधाम – लघुवित्तको अत्याचार सहन नसकेर आत्महत्या गरेकी सप्तरीको कञ्चनरुप नगरपालिका–९ की ५८ वर्षीय शान्ता कुमारी भुजेलका परिवारलाई शनिवर दलित सरोकार मञ्च नेपालले खाद्यान्न सहयोग गरेको छ ।
केही लघुवित्त र स्थानीय व्यक्तिहरुसँग समेत ऋण लिएकी भुजेल गत आईतबार रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन । लघुवित्तहरु र साहु महाजनले ऋण तिर्न दिएको दबाबका कारण शान्ताले आत्महत्या गरेकी थिइन । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको भुजेल परिवारलाई खाद्यान्न सहयोग गरेको मञ्चका जिल्ला संयोजक राजकुमार पासवाने बताए ।
उनका अनुसार मञ्चले मृतक परिवारलाई सय किलो चामल, ४० किलो गहुँको पिठो, ३ किलो दाल, २ किलो नून, तेल एक लिटर र ५ पिस साबुन सहयोग गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी वडाअध्यक्ष रामसुन्दर यादबले सम्पतिको नाममा रहेका १० धुर जग्गा समेत अर्कैको नाममा रहेकोले त्यसलाई फिर्ता गर्न सबैलाई सहयोग गर्न आग्रह गरे ।
सो कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान, कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल, कञ्चनरुप–९का वडाअध्यक्ष रामसुन्दर यादव, कार्यपालिका सदस्य शोपा पासवान लगायतको उपस्थिती थियो ।