नयाँ उपराष्ट्रपतिका लागि मतदान जारी

जनकपुरधाम – नयाँ उपराष्ट्रपति चयनका लागि नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले मतदान भइरहेको छ ।

बिहान १० बजे सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पदमा जनता समानवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस