मविब क्याम्पस राजविराजमा समाजवादी विद्यार्थी युनियनको प्यानलै विजयी

राजविराज, १० चैत्र । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनको प्यानलै निर्वाचित भएको छ ।

क्याम्पसको स्ववियुमा समाजवादी विद्यार्थी युनियनको रंजित कुमार यादवसहितको प्यानलै निर्वाचित भएको हो । सभापति यादवले ४२३ मत ल्याए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका रंजिव कुमार साहले १ सय ९९ मत पाए ।

रंजितकुमार यादव, समाजवादी विद्यार्थी युनियन ।

त्यस्तै, नेविसंघका महेश कुमार यादवले ९० मत र जनमत विद्यार्थी संघका रामभजन मण्डलले ७२ मत ल्याए ।

सचिवमा समाजवादी विद्यार्थी युनियनका सुनिल कुमार मण्डलले ४११ मत ल्याएर निर्वाचित भए । उनका प्रतिवद्वन्द्वी अनेरास्ववियुका सत्य नारायण चौधरीले १ सय ६७ मत ल्याए । यसैगरी कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी मेनुका साहले ३१९ मत प्राप्त गरी निर्वाचित भइन भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनिषाले २११ मत पाइन ।

सचिवमा नेविसंघका गजेन्द्र प्रसाद साहले १०३ र विद्यार्थी जनमत संघका मनोज साहले ७९ मत प्राप्त गरे । यसैगरी सदस्यहरूमा समाजवादी विद्यार्थी युनियनका विनय यादव ३९०, मो जकाउल्लाह ३७०, रामानन्द राम ३७६, प्रकाश यादव ३८३, कंचन ठाकुर ४०१, नन्दन मण्डल ३९२ र राकेश यादव ३७६ मत ल्याएर निर्वाचित भएका छन् ।

गत चैत ५ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा केही विद्यार्थी संगठनहरूले प्रदर्शन गरेपछि चार दिनदेखि मतगणना कार्य रोकिएको थियो । त्रिविले तत्काल निर्वाचनको बाँकी प्रक्रिया अगाडि बढाउन निर्देशन गरेपछि बुधवार अबेर रातिसम्म मतगणना कार्य सकिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस