कोरोनाबाट सप्तरीमा थप एक युवकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

२०७७ भदौ ३१
राजविराज । सप्तरीका थप एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत खडक नगरपालिका–३ का ३५ वर्षीय युवकको आज (बुधवार) विहान मृत्यु भएको छ ।

उनको उपचारकै क्रममा विहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । मृगौलामा समस्याका कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनी नियमित डाइलासिस गराउँदै आएको थियो । २८ भदौमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रंजीतकुमार झाका अनुसार उच्च रक्तचापको पनि समस्या रहेको उनको स्वास्थ्य अवस्था जटिल भएपछि मंगलवर (भदौ ३० गते) थप उपचारको लागि धरान पठाएको थियो ।

योसहित सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस