नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसँग पूर्व गृहमन्त्री खाँणको आग्रह

जनकपुरधाम – सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।

आज नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरुको पनि ध्यानाकर्षण गराए ।

संघीय संसदका दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने खाँणको भनाइ छ ।

संविधानअनुसार संघीय संसदका दुवै सदनले पास गरी दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780