लोकतान्त्रिक राजनीतिक शक्तिबाटै सामाजिक रुपान्तरण हुन्छ : उपेन्द्र

प्रिया सिंह थारु
लहान– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक राजनीतिक शक्तिको माध्यमबाटै सामाजिक  रुपान्तरण हुने बताएका छन् । सिरहाको लहानमा आयोजना गरिएको तीन दिने प्रशिक्षक प्रशिक्षण शिविरको बुधवार समापन समारोहमा उनले यस्तो बताएका हुन् ।

‘पहिचानसहितको संघीयता, सुशासन, समतामुलक समृद्धि र सामाजिक प्रगतिशील एवम् लोकतान्त्रिक राजनीतिक शक्तिको माध्यमबाट सामाजिक रुपान्तरण हुन्छ’, उनले भने ।

‘मन–मनमा जसपा, घर– घरमा जसपा’ मुल नाराका साथ आयोजना गरिएको शिविरका प्रमुख अतिथि अध्यक्ष यादवले पुँजीवाद र समाजवादबारे प्रशिक्षण दिए । उनले पुँँजीवादमा समाजिक आर्थिक उत्पादनको साधनलाई बजार व्यवस्थापनमा निजी स्वामित्वको मुनाफा हुने र समाजवादमा उत्पादनको साधनलाई कुनै एक व्यक्तिको नभएर समाजिक मुनाफा हुनुपर्ने बताए ।

एक अर्कामा ज्ञान, चेतना, करुणा, प्रेम, मित्रता, सद्भाव, समानता हुनुपर्ने बताउँदै उनले नेपाली समाजलाई जातजाति वर्गीय, लैङगिक लगायतका विभेदबाट मुक्ति, वर्ण, वर्ग, लिङ्गमा आधारित शोषण, उत्पिडनको अन्त्य गर्नकालागि संघर्ष जारी रहने बताए ।

पार्टीका स्कुल तथा प्रशिक्षण विभाग मधेश प्रदेश प्रमुख रामप्रित पासवानको अध्यक्षतामा आयोजित शिविरमा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले मधेश जनविद्रोह इतिहासबारे प्रकाश पारे । शिविरमा पूर्व कृषि तथा सहकारी मन्त्री तथा एवम् पार्टीका मधेस प्रदेश इन्चार्ज मृगेन्द्रकुमार सिंह यादवले शिविरको उदेश्यबारे उल्लेख गरे ।

शिविरमा पार्टीका प्रवक्ता मनिषकुमार सुमन, मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, सांसद प्रकाश अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरे । प्रदेश सचिव युसुफ अलिले सञ्चालन गरेको शिविरमा  स्वागत भने प्रदेश सांसद रामअशिष यादवले गरे ।

शिविरमा पार्टीका सप्तरी अध्यक्ष केदारप्रसाद यादव, नेताहरु शम्भु यादव, राजेश्वर राय, लक्ष्मण यादव, विशेश्वर मण्डल, जितेन्द्र खड्गा, मनिष यादव, संजय यादव, अमरित साफी, कौशलेन्द्र यादव, लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780