जसपा अध्यक्ष यादव भन्छन् – संघीय व्यवस्था संकटमा पर्दै गएको छ

राजविराज । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा संघीय व्यवस्था संकटमा परेकाे दाबी गरेका छन्। बुधबार हेटौँडामा आयोजित नगर समिति घोषणा कार्यक्रममा उनले संविधानको संरचनागत ढाँचाको कारण संघीयता संकटमा परेकाे दाबी गरेका हुन्।

उनले संघीय सरकारले समयमै प्रदेश र स्थानीय सरकारहरूलाई उपलब्ध गराउनुपर्ने अधिकार प्रत्यायोजन नगर्दा पनि संघीयता संकटमा परेको बताए। ‘संघीय संरचनाको उद्देश्यअनुसार संघ सरकारले काम गर्न सकेको छैन। प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकार अहिलेसम्म दिएको छैन। केन्द्रीय मानसिकता रहुन्जेल संघीयता कार्यान्वयन हुन कठिन छ,’ उनले भने।

अध्यक्ष यादवले संघीयताले मुलुकमा सोचेअनुरूपको स्थायित्व दिन असफल भएको उल्लेख गर्दै संघीयता आए पनि देशमा बेथिति नहटेको बताए। राजनीतिक परिवर्तनपछि देशमा सुशासन र विकास आउँछ भन्ने जनताको विश्वासमाथि दलहरूले भरोसालायक काम गर्न नसकेको उनको दाबी छ।

मुलुकमा विकास गर्न, सुशासन कायम गर्न र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन अहिलेको संविधानलाई संशोधन गर्न आवश्यक रहेको अध्यक्ष यादवले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780