मेरिल्याण्ड कलेज विराटनगर उत्कृष्ट ७ मा पर्न सफल

विराटनगर । काठमाडौंका एक संस्थाले देशभरका कलेजहरुको गरेको मुल्याङ्कनमा विराटनगरस्थित मेरिल्याण्ड कलेज सातौं नम्वरमा पर्न सफल भएको छ । केन्द्रविन्दु मिडिया नेटवर्क काठमाडौंले उत्तीर्ण प्रतिशत, भौतिक सुविधा, व्यवस्थापन प्रणाली र विद्यार्थी संख्याको आधारमा मुल्याङ्कन गरी सो सूची सार्वजनिक गरेको हो ।

व्यवस्थापन र शिक्षामा प्रदेश नम्वर १ कासाथै देशभरि नै अग्रणी भूमिका निर्वाह गरिरहेको सो कलेज केही वर्षदेखि नै उत्कृष्ट १० (टप १०) मा पर्ने गरेको पाइएको छ ।  ‘गुणात्मक शिक्षा’ र ‘अनुशासन’ मूल मन्त्रका साथ अघि बढेको मेरिल्याण्ड कलेजले समाजमा आवश्यक उद्योगी, व्यवसायी, बैंकर्स, सिए लगायतका दक्ष जनशक्ति उत्पादनमा अद्वितीय भूमिका खेल्दै आएको अभिभावकहरुको भनाई छ ।

‘मेरिल्याण्ड कलेजले विद्यार्थीको चौतर्फी वृद्धि विकासका लागि अत्यन्त ध्यान दिने गरेको छ, रङ्गेली निवासी अभिभावक रमाकान्त अग्रवाल भने ।’ कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले कोभिड–१९ को महामारीका कारण यस वर्ष कक्षा ११ को भर्ना प्रक्रिया ढिलो सुरु भएतापनि अभिभावकको चाहनालाई मध्यनजर गर्दै भर्ना प्रक्रियालाई थप समय अझै निरन्तरता दिइएको बताए ।

उनले काठमाण्डौका उत्कृष्ट मानिएका कलेजहरूको तुलनामा मेरिल्याण्ड कलेज विराटनगरले कम शुल्कमा सत प्रतिशत छात्रवृत्तिको सुविधासहित व्यवस्थापन शिक्षा प्राप्त गर्न पाइने भएकाले प्रदेश १ र २ का विद्यार्थीको पहिलो रोजाइ मेरिल्याण्ड कलेज नै रहेको दावी पनि गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस