काठमाडौँ–बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।
‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उनले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला ।’
बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए ।
सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।