पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोरोना संक्रमण

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ३५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । पछिल्लो २४ घण्टामा ७४२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी, हालसम्म ५४ हजार ६४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ९८ हजार ४०७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस