कोशी पश्चिमी नहरमा डुबेर एक युवक वेपत्ता

file photo

राजविराज, २१ असार–सप्तरीस्थित कोशी पश्चिमी नहरमा डुबेर शुक्रबार दिउँसो एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको महदेवा गाउँपालिका–३ बथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।

बिद्युत्‌को पोल जडान गर्ने क्रममा उनी कोशी पश्चिमी नहरमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताए ।

डुबेर बेपत्ता भएका यादवको सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस