जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत लिनको लागि बोलाइएको प्रदेश सभाको बैठक सुरु भएलगत्तै विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।
उनले संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।