अग्निपीडित व्यवसायीलाई उद्योग वाणिज्य संघले गरे १ लाख १ हजारको सहयोग

राजविराज, १९ साउन–अग्निपीडित एक व्यवसायीलाई सप्तरी उद्योग वाणिज्य संघले एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

शनिबार पिडित व्यवसायीको घर तथा पसल रहेको बोदेवर्साइन नगरपालिका–५ मै पुगेर उक्त आर्थिक सहयोग गरेको हो । संघका अध्यक्ष लालुप्रसाद अग्रवालले अग्निपीडित राजकुमार साहलाई सहयोग स्वरुप संघको तर्फबाट उक्त एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

साहले बोदेवर्साइन नगरपालिका–५ स्थित सञ्चालन गर्दै आएको जेबीएम मोवाईल एण्ड इलेक्ट्रिक सेन्टरमा विद्युत सर्ट भएर गत असार ३१ गते आगलागी भएको थियो । आगलगीमा सो पसलका सबै समान जलेर करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

आगलागीले पसल खरानी भएपछि समस्यामा परेका सञ्चालक साहलाई पुनः व्यवसाय संचालन गर्न मद्दत पुगोस् उद्देश्यले संघको तर्फबाट उक्त रकम सहयोग गरिएको अध्यक्ष अग्रवालले बताए । उनले सरकारको अव्यवहारिक नितिका कारण उद्योग व्यवसाय संकटमा पर्दै गएको गुनासो समेत गरे । ‘निजी क्षेत्रबाट सर्वाधिक कर असुल्ने सरकारले देशको मेरुदण्ड मानिले निजी क्षेत्रलाई समस्या पर्दा भन्ने हेर्दैनन’ अध्यक्ष अग्रवालले भने–‘आर्थिक मन्दीले धारासायी बन्दै गएको निजी क्षेत्रलाई सरकारबाट सहयोग र सहुलियत जरुरी छ ।’

आर्थिक सहयोग कार्यक्रममा संघका सल्लाहकार बैजु जोशी, महासचिव अमृत सञ्चेती, वडा अध्यक्ष राजकुमार यादव, विरेन्द्र यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज माझी, बोदेवर्साइन नगरपालिका व्यपार संघका अध्यक्ष देवनारायण साह लगायतले उद्योगी–व्यवसायीले भोगी रहनु परिरहेको समस्या र यसको समाधानबारे आ–आफ्नो धारणा राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार