दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

विराटनगर–मोरङको सुन्दरहरैँचामा दुई नाबालिका छोरीको हत्या गरि बेपत्ता भएकी महिला पक्राउ परेकी छिन् ।

बुधवार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै धनकुटाको पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी ३ वर्षीया अर्पना र १ वर्षीया आइङ्कालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ ।

दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा फेला पारेको थियो । प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा बुधवार झापाको विर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउबाट फेला पारी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

आरोपि अस्मिताको वयानअनुसार पतिले आफूमाथि सधैँ कुटपिट गर्ने र मार्छु भन्ने गरेकाले रिसको झोकमा भदौ आफूले विष खाइ र छोरीलाई खुवाएको हो । घटनाबारे थप अनुसन्धान गर्न ४ दिनको म्याद लिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार