छोरा गुमाएका परिवारलाई हत्या घटना मिलापत्र गर्न धम्की

राजविराज, २८ भदौ–छोरा गुमाएका सप्तरीको राजविराज नगरपालिका–४ का ६० वर्षीय मो.हविबले हत्या घटना मिलापत्र गर्न धम्की आउन थालेको गुनासो गरेका छन् ।

उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यायका लागि पहल गरिदिन सबै पक्षसँग आग्रह गरेका हुन् । गत असार ३ गते कुटपिटबाट गम्भीर घाइते भएका उनका ३२ वर्षीय छोरा औरंजेब आलम उपचारको क्रममा विराटनगरस्थित न्युरो एण्ड कार्डिओ अस्पतालमा मृत्यु भएको थियो ।

राजविराज नगरपालिका–२ राजदेवी टोलस्थित रोयल इनफिल्ड राजविराज अटोमोबाइलका प्रोपाइटर तथा बुलेट मोटरसाइकलका डिलर औरंगजेबलाई राजविराज नगरपालिका–४ स्थित माछा हटियामा फलामको रड प्रहार गरेर घाइते बनाएका थिए ।

घटनापछि मो.हबिबले जिल्ला प्रहरी कार्यालयमा असार ५ गते उजुरी दिएपछि हालसम्म घटनामा संलग्न रहेका सात जनामध्ये तीन जनालाई पक्राउ परेका छन् । राजविराज नगरपालिका–३ का ४६ वर्षीय मो.नसिर, वडा नम्वर २ का मो.आशिक खान र राजगढ गाउँपालिका–६ का मो.लाल खान गरी तीन जना पक्राउ परेको पत्रकार सम्मेलनमा मो.हविबले बताए ।

‘उनीहरु हाल सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा छन तर घटनाका थप आरोपित राजविराज नगरपालिका–२ का मो.असलम भन्ने तरवेज, वडा नम्वर ३ का मो इमरान खान, मो. इर्शाद र राजगढ गाउँपालिका ६ का मो.मिन्टु भन्ने हुसैन खान फरार छन ।’ उनले भने, ‘पक्राउ परेका र फरार रहेका व्यक्तिका आफ्न्तले आफ्नो परिवारलाई मिलापत्र गर्न धम्की दिँदै आएका छन् ।’

फरार रहेकालाई खोजी गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गर्दै मो.हविबले पीडक पक्षबाट आर्थिक लेनदेन गरी घटना मिलाउन दबाव बढाएको बताए । ‘नमिले तिम्रो परिवारमा यस्तो घटना दोहोरिन सक्ने भन्दै चेतावनी समेत आउन थालेको छ’ उनले भने, ‘पीडक पक्ष पैसाको चलखेल गरी अपराध लुकाउने खेलमा लागेको छ, हामीलाई न्याय दिलाउन सहयोग गरिदिनु ।’

अढाई वर्षअघि बिहे गरेका मृतक व्यवसायी औरंजेबकी श्रीमती र काखे शिशु छन् । पत्रकार सम्मेलनमा औरंजेबका काका बबलु खान र भाई मो.तवरेज आलम लगायतले पनि न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार