रजिष्ट्रार ठाकुरलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

राजविराज, ३ असोज–राष्ट्रिय सूचना आयोगले मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार डा.श्रीभगवान ठाकुरलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टी आवद्ध नेता कार्यकर्ताले नै विश्वविद्यालयमा चरम अनियमितता भएको आरोप लगाइरहदा मधेशलाइभका कार्यकारी सम्पादक विद्यानन्द रामले सूचना माग गरेका थिए । तर, रजिष्ट्रार डा.ठाकुरले सूचना उपलब्ध गराएन ।

पत्रकार रामले गत भदौ १२ गते गरेको पुनरावेदनमाथि आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ तथा सूचना आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको भदौ २७ गते बिहिवार बसेको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

गत भदौ २३ गते पुनरावेदन–पत्र दर्ता भई मुद्दा नम्वर ३४३/०८१/८२ मा निर्णय हुँदै डा.ठाकुरलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको छ ।

यसअघि पत्रकार रामले गत असार २० गते नै सूचना माग गर्दै सूचना अधिकारीसमक्ष निवेदन दिएका थिए । तर, विश्वविद्यालयका सूचना अधिकारीले संविधानको धारा २७ अनुसार सूचनाको हक सम्बन्धि ऐनमा तोकिएको समयभित्र सूचना उपलब्ध गराएन ।

पत्रकार रामले पुनः साउन ११ गते सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कारबाही गरी माग गरेको सूचनाका लागि विश्वविद्यालयका रजिष्ट्रार ठाकुरसमक्ष पुनरावेदन गर्दा पनि सूचना उपलब्ध गराउन अनाकानी गर्दै आएका छन् ।

जनमत पार्टीका नेता कार्यकर्ताले उपकुलपति डा.वैद्यनाथ महतो र रजिष्ट्रार ठाकुरले विश्विद्यालयको डिपिआर तथा भवन निर्माणको ठेक्कापट्टामा मिलेमतो गरेको, मिलेमतोमै कर्मचारी भर्ना गरेको लागेको लगायतमा अनियमितता गरेको आरोप लगाउँदै गत माघ ७ गते विश्वविद्यालयमा तालाबन्दी पनि गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार