काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ ।
साइबर अपराधसम्बन्धी उजुरीमा मेडिकल व्यवसायी प्रसाईँलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ अदालत ल्याइएको थियो । जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।