डिभिजन प्रमुख साहले दिनै मान्दैनन् सूचना, ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

राजविराज, २२ असोज–जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय राजविराज, सप्तरीले गरेका कार्यमा देखिएको बेथिति लुकाउन सूचना दिन आलटाल गरेको पाइएको छ ।

सूचना नदिएपछि सोमबार राष्ट्रिय सूचना आयोगले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ‘मधेशलाइभ’का कार्यकारी सम्वादक पत्रकार विद्यानन्द रामले आयोगमा गरेको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सूचना आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको संयुक्त इजलासले सो आदेश दिएको हो ।

पत्रकार रामले गत साउन १३ गते सूचना माग गर्दै डिभिजन कार्यालयका सूचना अधिकारी रोशनकुमारी साहसमक्ष निवेदन दिएका थिए । सूचना अधिकारी साहले साउन २५ गते अधुरो र अस्पष्ट सूचना दिएपछि रामले गत भदौ २ गते डिभिजन प्रमुख रमणकुमार साहसमक्ष पुनरावेदन गरेका थिए ।

तर, डिभिजन प्रमुख साहले पनि सूचना अधिकारी साहले नै दिएको अधुरो र अस्पष्ट सूचना दिएर वास्तविक सूचना लुकाउन खोजेको र संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा २ र ७ हनन् गरेको भन्दै पत्रकार रामले गत असोज ९ गते आयोगमा पुनरावेदन गरेका थिए ।

आयोगमा गत बुधवार पुनरावेदन दर्ता भएको छ भने ४३२/०८१/८२ नम्वरको मुद्दामा निर्णय हुँदै डिभिजन प्रमुख साहलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780