त्रुटिपूर्ण संविधानलाई समय सापेक्ष परिवर्तन र संशोधनको आवश्यकता छः अध्यक्ष यादव

बोदे बरसाईन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले त्रुटिपूर्ण संविधानलाई समय सापेक्ष परिवर्तन र संशोधनको आवश्यकता रहेको बताएका छन् ।

सप्तरीको बोदे बरसाईन नगरपालिका-५ बरसाईन बजारमा शुक्रवार आयोजना गरिएको कार्यक्रर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘त्रुटिपूर्ण संविधानलाई समय सापेक्ष परिवर्तन र संशोधनको आवश्यता छ’ उनले भने–‘संविधानकै त्रुटिले अहिले यसलाई संस्थागत र व्यवस्थित गर्न पनि त्रुटि भइरहेको छ ।’

यसलाई सुधार गरेर अघि बढ्नु संघियताको पनि मर्म रहेको उनले बताए । उनले संवैधानिक व्यवस्थामा रहेको राम्रा पक्षलाई संस्थागत गर्दै सुधार गर्नुपर्ने पक्षकै मुद्दाहरुमा अघि बढेको बताए ।

कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री सैलेन्द्रप्रसाद साह, राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सांसादहरु मनिषकुमार सुमन, विधेश्वर प्रसाद यादव र नेत्र बिक्रम साह, बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंहको उपस्थिती थियो ।

यसैगरी, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी अध्यक्ष शतिसकुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम प्रसाद यादव, पार्टीका केन्द्रिय सदस्यहरु सुर्य नाथ यादव, अनिरुद्ध प्रसाद यादव र महेन्द्र प्रसाद चौधरी, पार्टीका प्रदेश सचिव दिनेश यादव, जिल्ला अध्यक्ष केदारप्रसाद यादव, नेताहरु अर्जुन राम, राम प्रसाद चौधरी, अरुण यादव, मनोज कुमार यादवको पनि उपस्थिती थियो ।

यसअघि अध्यक्ष यादवले पार्टीका केन्द्रिय सदस्य स्वर्गीय हरि राय यादवको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस