विराटनगर–मोरङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल बिहीबार साँझ आपसमा ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद गौतमले जानकारी दिए ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।