सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा सप्तरीका एक युवकसहित तीन जना पक्राउ

राजविराज–सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले सप्तरीका एक युवकसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाईन नगरपालिका–६ फुल्काहीका २४ वर्षीय लक्ष्मण यादव, रौतहट चन्द्रपुर नगरपालिका जुडिवेलाका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी र चितवन भरतपुर उपमहानगर–१२ का ३७ वर्षीय रूपक शर्मा पौडेल रहेका छन् ।

उनीहरुलाई साइबर ब्युरोले शुक्रबार पक्राउ गरेको एसपी भाग्येन्द्र पुरूष ढकालले जानकारी दिए।

अधिकारीको हकमा उनले फेसबुकमा साथी बनाएर कुराकानी गर्नेक्रममा आदानप्रदान भएका गोप्य तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई पठाएर चरित्र हत्या गरेको आरोप छ। महिलाले निवेदन दिएपछि अनुसन्धान गरी कृष्णलाई पक्राउ गरिएको थियो।

त्यस्तै, रूपकले पनि प्रेम सम्बन्धमा रहँदा आदानप्रदान भएका तस्बिरहरू ग्रुप च्याटमा सार्वजनिक गरी चरित्र हत्या गरेको आरोप छ।

उनीहरू दुबै जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति पाएको छ।

त्यस्तै, प्रकृतिको घटनामा संलग्न भएको आरोपमा लक्ष्मणलाई पनि पक्राउ गरेको हो। समय अभावले उनीमाथि आज म्याद थप हुन सकेन। प्रहरीले तीनै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780