महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित १२ जनाको मृत्यु

राजविराज–भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित १२ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

दैनिक भास्करका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ७ जनाको पहिचान भइसकेको छ । तीमध्ये ३ जना नेपाली छन् । ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको छ भने अन्य चार जना भारतीय छन् छन् ।

अन्य मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरूको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलमा सवार रहेका यात्रुहरु मृत्यु भएको हो । गुडिरहेको उक्त रेलमा आगो लागेको हल्ला फैलिएपछि यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए । सोही बेला सो ट्र्याकमा आएको कर्नाटक एक्सप्रेसले यात्रुहरुलाई किचेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780