जनकपुर–भारतको उत्तर प्रदशेस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
दैनिक जागरणले जनाएअनुसार मंगलबार राति एउटा घाटमा अचानक भागदौड हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको हो । मृतक अझैं बढ्नसक्ने बताइएको छ ।
भागदौडमा दर्जनौं श्रद्धालु घाइते भएको जनाएको छ । कुम्भमा भएको भागदौडपछि श्रद्धालुहरुले यसको व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । मानिसहरू विचलित अवस्थामा देखिन्छन् ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेर स्थितिबारे जानकारी लिएका छन् ।