नोबेल शिक्षण अस्पतालमा उपचाररत मोरङका थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना संक्रमित पुरुषको मंगलवार विहान मृत्यु भएको हो ।

कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय र रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । उनका अनुसार ५० वर्षीय पुरुषमा ब्लड क्यान्सरको समस्या थियो ।

उनमा ज्वरो देखिएपछि सोमबार दिउँसो नोबेलमा भर्ना गरेर स्वाब संकलन गरिएको थियो । यसैगरी, एक साताअघि कोरोना पुष्टि भएपछि उपचाररत ४५ वर्षीय पुरुषमा मधुमेहको समस्या थियो । ज्वरो, निमोनिया र टाइफाइटको समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको दाहालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस