राजावादीको जुलुसमा योगी आदित्यनाथको तस्वीर !

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई अवसर बनाएर राजधानीमा राजावादीहरूले शक्ति प्रदर्शन गरेका छन्।

गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आइतबार काठमाडौं फर्किएका छन् । उनी आइतबार दिउँसो ३ बजेर २० मिनेट समिट एयरको चार्टर्ड जहाज चढेर परिवारसहित काठमाडौं फर्किएका हुन् ।

उनी काठमाडौं आउने भएपछि दुई राजावादी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नै विमानस्थल पुगेका छन् ।

कुनै बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रिय पात्र दुर्गा प्रसाईं पनि नयाँ राजावादीमा परिणत भएर विमानस्थल पुगेका छन् ।

राजावादीहरूले विमानस्थल क्षेत्रमा राष्ट्रिय झन्डासहित नाराबाजी गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।

यसैबीच राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रको ठूलो फोटोसँगै भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत बनाएर जुलुसमा बोकेका छन् ।

यो तस्बिर प्रदीपविक्रम राणा नामका एकजना राजावादीले हिन्दु राज्य स्थापना माग गर्दै प्रदर्शन गरेका हुन् । यो तस्बिर चाबहिलबाट एयरपोर्टतर्फ आएकामध्येले बोकेर प्रदर्शन गरेका हुन् ।

पूर्वराजा शाह र योगीको ठूलो फोटोसहित उनीहरू विमानस्थल क्षेत्रमा पुगेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780