सप्तरी उद्योग वाणिज्य संघद्वारा प्रहरीलाई वाटर फिल्टर, एसीसहितका सामान प्रदान

राजविराज, १३ वैशाख- सप्तरी उद्योग वाणिज्य संघ राजविराजले एसी, वाटर फिल्टरसहितका सामान प्रहरीलाई प्रदान गरेको छ ।

शनिबार संघका अध्यक्ष लालुप्रसाद अग्रवालसहितका उद्योगी-व्यवसायीहरु जिल्ला प्रहरी कार्यालयमा पुगेर उक्त सामानहरु प्रदान गरेका हुन् । संघका अध्यक्ष अग्रवालका अनुसार २ थान एसी, ३ थान वाटर फिल्टर र ५ थान पानीको जार प्रहरीलाई प्रदान गरिएको हो ।

उनले बढ्दो गर्मीमा जिल्ला प्रहरी कार्यालयमा पुग्ने सेवाग्राहीलाई पानी पिउन समस्या भइरहेकोले वाटर फिल्टरसहितका सामान प्रदान गरेको बताए । उक्त सामान बुझ्दै सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले संघआवद्ध उद्योगी-व्यवसायीहरुलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य अरुणकुमार प्रधान, सुनचाँदी व्यवसायी सघं राजविराजका अध्यक्ष नारायण रंजन लगायतका उद्योगी-व्यवसायी उपस्थित थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780