डा.केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै

जनकपुरधाम । अनसनरत डा. गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको छ । चिकित्सकहरुका अनुसार उनको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचाप पनि कम हुँदै गएको छ ।

बुधबार बिहान डा केसीको रक्तचाप ७०–५० मापन गरिएको छ । डा केसीलाई उपचार गरिरहेको चिकित्सकको टिम आन्तरिक परामर्शमा रहेको उनका सहयोगीले जानकारी दिएका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गए पनि सरकारले वार्ताको लागि कुनै पहल गरेको छैन् । उनलाई सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अनसन अन्त्य गर्न आग्रह गरेका छन् । तर, डा केसीले अस्वीकार गरिरहेका छन् ।

डा. केसीलाई डा. सुभाष आचार्यको टिमले हेरिरहेको छ । गत भदौ २९ गते जुम्लाबाट अनसन सुरु गरेका उनको अनसनको बुधबार २४औं दिन पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस