सप्तरीमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु

राजविराज, २२ असोज । सप्तरीमा कोरोना संक्रमित थप एक वृद्धको विहिवार मृत्यु भएको छ । उपचारकोलागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले जानकारी दिए ।

४–५ दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए । सोही क्रममा बुधवार उनमा संक्रमण देखिएपछि होम आइसोलेसन पुगेका थिए । होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारकोलागि लगिने क्रममा मृत्यु भएको हो ।

मृतक निमोनियाले ग्रसित रहेको मेयर यादवले बताए । डाकनेश्वरी नगरपालिका–४ निवासी उनी हाल राजविराज नगरपालिका–६ मा बस्दै आएका थिए ।

योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । उनका अनुसार हालसम्म सप्तरीमा १३ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ हजार ९६ निको भएर घर फर्किएका छन् । यसैगरी २४३ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780