राजविराज, २७ साउन । सप्तरी युथ नेपालले कान्तिपुर सम्वाददाता विद्यानन्द रामसहित पाँच क्षेत्रका पाँच जनालाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मङ्गलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै रामलाई सम्मान गरिएको छ । उनी विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
यसैगरी आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गायनतर्फ सन्नुकुमार, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यवसायी जयकुमार सोनीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेल, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, युवा नेता सत्येन्द्र यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सप्तरी युथ नेपालका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन यादव तथा सञ्चालन वरदान श्रेष्ठले गरे ।
