भारतीय स्वतन्त्रता कता ?

सीताराम अग्रहरी
एक आज १५ अगस्त भारत स्वतन्त्रता दिवस। दुई सय बर्षको लामो आधिपत्यविरुद्ध अकथनीय संघर्ष र बलिदानपछि भारतले पाएको स्वतंत्रता आज कता गैरहेछ ?

स्वतंत्रता अघि भीषण हिन्दू मुस्लिम दंगा जसमा लाखौं मानिस मारिए, लाखौं विस्थापित भए। महात्मा गांधीको हत्या भयो। नेहरु, पटेलहरुले देश सम्हाले। ५६२ राज्य राजबाड़ालाई मिलाउनु चानचुने कुरा थिएन। चरम गरिबी, बेरोजगारीबीच विकासको बाटो कोरे नेहरुले। त्यो बाटोमा अझ सादगीले देश हांके शास्त्रीले। इन्दिराले दृढता थपिन। चन्द्रशेखर, चरण सिंह, नरसिम्हा राव,गुजराल, मनमोहन सिंह सबैले आआफ्नो किसिमले योगदान दिए। बाजपेईकोपनि व्यक्तित्व र विद्वता असाधारण थियो।

विशाल आवादी, चरम गरिबी र व्यापक विविधताबीच दक्षिणा एशियामा भारतले अविकल प्रगति गर्दै जानुमा खारिएका र एकसे एक त्यागी, दूरदर्शी नेता भारतीय प्रधानमंत्रीहरु हुनुपनि हो। यिनमा अधिकांश भारतीय स्वतंत्रता आंदोलनबाट आएका थिए।

अचेल भने भारत सकसमा छ।‌ एकातिर गोली मारो सालों को, जस्ता हिन्दू बनाम मुस्लिमको उग्रवादी माहोल छ । एक प्रसिद्ध अमेरिकी पत्रले त डिभाइडर इन चिफसम्म लेख्न पुगेको अभूतपूर्व प्रकरण देखिएकै हो। अर्कोतिर लोकतंत्र नाममात्रमा सीमित छ। भारतीय मीडिया गोदी मीडिया हो भनी स्वयं भारतीय पत्रकारहरुले उठाएको मुद्दा हो । प्रेस फ्रीडमको विषयमा भारत नेपालभन्दा पनि तल गैसक्यो। चुनाव आयोगको हाल हिज मास्टर्स भ्वाइसझैं भएको बिहारको भोटर लिस्ट बिषयमा सुप्रीम कोर्टको ताजा आदेशबाट पनि बुझ्न सकिन्छ। पारस्परिक विश्वास भारतको सबभन्दा ठूलो शक्ति रहदै आएकोमा त्यसविपरीत बटोगे त कटोगेको विभाजनकारी र भारत बनाम इंडियाको बेतुकको एजेंडामा चुनाव जित्ने रणनीति बनेको देखिएको छ।

यसको अर्थ हिन्दू हुनु कुनै पापको बिषय हैन , बिषय हो बिषय हो मोदीजी, शाह र आरएसाएसले कस्तो खालको हिन्दूत्वलाई आदर्श बनाएर अघि बढेका छन्? सहिष्णुता हिन्दुत्वको प्राण हो । जतिसकै दुख पाएपनि घृणा हैन क्षमा सनातन आदर्श हो। त्यसैले मुस्लिमहरको करिब आठ सय बर्षको आधिपत्य र आक्रमणपछिपनि हिन्दूहरु माथि उठ्न सके।

विश्वासघाती ट्रम्पको बदमासी र हैकमको भारत अहिले शिकार भाको छ। मैले जानेर पाकिस्तानको यहां चर्चा गरिन् किनभने उ बुख्याचा हो चीन र अमेरिकाको।

भारतले अब १)चीनसंग सम्बन्ध सुधार्नु लाग्नुपर्छ २) हिन्दू मुस्लिम खेल बंद गरि आंतरिक एकतामा जानुपर्छ ३) आर्थिक रुपांतरणको हल्लाबाजी नगरि रियल गेनमा लाग्नुपर्छ।

अन्त्यमा, नेताहरु आउछन जान्छन तर भारत जांदैन। भारत बन्नुमा एकसे एक महापुरुष, विद्वान विद्वुषी, योगी,संत, महात्मा, सिद्धपुरूष र बीरहरुको संघर्ष छ। विवेकानंदले अमेरिकामा जे भने भारतवर्ष सबै धर्म, विश्वासहरुको आश्रय स्थल हो यसले पनि भारतलाई महान् बनाएको छ। भारतीयताको अर्थ संकीर्णता हैन त्याग, समरसता र सहिष्णुता हो नेतृत्वलाई चेतना होस्।
भारतीय स्वतंत्रता अक्षुण्ण होस्, भारत प्रगति पथमा बढिरहोस् ।

लेखक अग्रहरी, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस