आगामी निर्वाचनले जनता अझ उच्च लोकतान्त्रिक यात्रातर्फ अघि बढ्ने अवसर: राष्ट्रपति

राजविराज । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिबाट मुलुकले शान्तिपूर्ण निकास प्राप्त गरेको बताउँदै आगामी फागुन२१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई सहयोग गर्न हार्दिक अपिल गरेका छन्।

राष्ट्रपति कार्यालयबाट जारी सन्देशमा उनले संविधान, संसदीय प्रणाली र संवैधानिक लोकतान्त्रिक गणतन्त्र सुरक्षित रहेको स्पष्ट पार्दै आगामी निर्वाचनलाई जनताले अझ उच्च लोकतान्त्रिक यात्रातर्फ अघि बढ्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन्।

उनले भने, “देशको अत्यन्त असहज, विषम र भयावह परिस्थितिमा कठिन प्रयत्नपछि एउटा शान्तिपूर्ण निकास प्राप्त भएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ, र संवैधानिक लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ।”

राष्ट्रपतिले जनतालाई निर्वाचन सम्पन्न गराउन सहयोग गर्न आग्रह गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस