सिरहामा अपहरणपछि बालकको हत्या

सिरहा । सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या भएको छ ।

गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक सिंह मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार अभिषेकको शव आज बिहान घरदेखि केही टाढा रहेको आँपको बगैंचामा भेटिएको हो । घटनास्थलमा आवश्यक प्रक्रिया पूरा गर्न डग टोली बोलाउने तयारी भइरहेको उनले बताए ।

परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए । रातभर खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको सन्देश आएको थियो ।

घटनाबारे जानकारी पाएपछि परिवारले तत्कालै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको र दोषीलाई पक्राउ गर्न खोजतलास भइरहेकाे जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस