मधेश प्रदेश प्रमुखमा डा. सुरेन्द्र लाभ सिफारिस

काठमाडौँ । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै डा. सुरेन्द्र लाभलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हटाई डा. लाभलाई नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीलाई तत्काल प्रभावले पदमुक्त गर्दै डा. लाभको नाम सिफारिस गरिएको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

अर्थशास्त्रमा विद्यावारिधी प्राप्त डा. लाभ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य थिए । उनी शैक्षिक, आर्थिक र नीतिगत क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छ । उनी साहित्य क्षेत्रमा समेत चर्चित छन् ।
सोमबार बिहानै बर्दिवासस्थित होटल पानसमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । संविधानको धारा १६८(२) अनुसार गठबन्धनको दाबी विचार गर्न सकिने स्थिति हुँदाहुँदै प्रदेश प्रमुख भण्डारीले उपधारा (३) का आधारमा एमाले नेता यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् । उक्त नियुक्ति पश्चात मधेश प्रदेशमा राजनीतिक दल तथा प्रदेशसभा सदस्यहरुले विरोध जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८० फागुन २८ गते मधेश प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । उनले चैत ५ गते पदभार ग्रहण गरेकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस