उत्पीडित समुदायको मुक्तिकालागि जसपा एकमात्र वैकल्पिक शक्तिः वरिष्ठ नेता महतो

राजविराज, २७ असोज । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी, आदिवासी, जनजाति, शोषित, उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताकालागि वैकल्पिक शक्तिको रुपमा आफुहरुको अगाडि बढिरहेको बताएका छन् ।

जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा मङ्लवार आयोजित पार्टीका कार्यकर्ताहरुसँग भेंटघाट एवम् परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उत्पीडित जाति तथा समुदायको माग अझैं पनि सम्वोधन हुन नसकेकोले संविधान संशोधनकालागि आफुहरु अझैं संघर्षको क्रममा नै रहेको बताउँदै प्रमुख अतिथि महतोले भने ‘मधेशी, आदिवासी, जनजाति, शोषित, उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताकालागि वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी गठन गरेका हौं, यही वैकल्पिक शक्तिले नै सम्पूर्ण उत्पीडित जनताको मुक्ति दिलाउने छ ।’

पार्टीको आगामी ३ र ४ गते बस्ने लागेको बैठकले समायोजनकालागि नयाँ रुपरेखा आउने नेता महतोले बताए । नेता तथा कार्यकर्ताहरुको समुचित मूल्याङ्कन गरी जिम्मेवारी दिईने जानकारी दिँदै उनले भने ‘पार्टीलाई थप सबल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरु नयाँ जोश जाँगरकासाथ अगाडि बढ्नु आवश्यक छ ।’

कार्यक्रममा पार्टीका नेता एवम् सांसद अनिल कुमार झा, प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह, राष्ट्रिय सभभा सदस्य मृगेन्द्र कुमार सिहं यादव ,महासचिव एवम् प्रदेश सभा सदस्य मनिष कुमार सुमन, सह महासचिव गजेन्द्र कुमार मण्डल, प्रवक्ता केशव झा, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, नेता अनिल कुमार महासेठ, जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, पूर्व सांसदद्वय सूर्यनाथ यादव, लक्ष्मी चौधरी, पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादव, प्रदेश २ का मुख्य सचिव शम्भु झा,तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत लगायत पार्टीको विभिन्न तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैगरी मङ्गलवारै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ५ बनरर्झलाद्वारा आयोजित स्व.धर्म नारायण रायको श्रद्धाञ्जली सभामा समेत वरिष्ठ नेता महतोसहितका नेताहरुले स्व. रायको योगदानबारे चर्चा गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780