देशभर २ हजार ६३८ कोरोना संक्रमित थपिए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा २ हजार १७४ जना डिस्चार्ज भएका हुन् ।

आजसम्म देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । कुल ८० हजार ९५४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन । होम आइसोलन २१ हजार ५४८ रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रायोगशालाहरुमा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले १२ लाख २१ हजार ३८ जनाको पिसिआर परीक्षण गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस