नोट किया जाए, बात पहुंचाई जाए

चन्द्रकिशाेर

पहिलो नजरमै देखिन्छ, यो चुनाव प्रधानमन्त्रीका अनुहारहरूको प्रदर्शनी बनेको छ। दलहरू कार्यक्रम र सिद्धान्तभन्दा अघि ‘को प्रधानमन्त्री?’ भन्ने प्रश्नको उत्तर बेचिरहेका छन्। तर हामीले स्वीकार गरेको संसदीय लोकतन्त्रमा प्रधानमन्त्री उम्मेदवार होइन, संसदको परिणाम हो।

अनुहार केन्द्रित राजनीति लोकतान्त्रिक अभ्यास होइन, भीड–मनोविज्ञानको उपयोग हो। यसले संसदलाई कमजोर र कार्यपालिकालाई अनावश्यक रूपमा अहंकारी बनाउने खतरा बोकेको छ। मधेशमा भने अर्को कथा सुनाइँदैछ—प्रदेशलाई राजनीतिको धुरी बनाउने, संघीयतालाई मजबुत गर्ने, अधिकारलाई जमिनतिर लैजाने वाचा। यी शब्दहरू नयाँ होइनन्, केवल भाषणका नयाँ संस्करण हुन्।

प्रदेशलाई शक्तिशाली बनाउने कुरा भाषणमा सजिलो छ, तर व्यवहारमा केन्द्रको सत्तालोलुपता घटाउन कोही तयार देखिँदैन। प्रदेश बलियो नभएसम्म मधेशको राजनीति पनि प्रतीकात्मक नै रहनेछ। सबैभन्दा गम्भीर कुरा, गणतन्त्रलाई जरैसम्म अटूट र अटल बनाउने स्पष्ट प्रतिवद्धता कतै सुनिँदैन—न पुराना दलबाट, न नयाँबाट। गणतन्त्रलाई केवल शासन–प्रणालीको नामझैँ लिइएको छ, लोकतान्त्रिक संस्कारको रूपमा होइन। जब गणतन्त्रको रक्षा एजेन्डा नै बन्दैन, तब प्रधानमन्त्रीका अनुहार, प्रदेशका वाचा र परिवर्तनका नाराहरू सबै अस्थायी हुन्छन्। Source: facebook

Author:



क्याटोगरी छान्‍नुहोस