डा. सुष्मा साउद
हजुरहरूमध्ये कतिजना खाना खानेबित्तिकै ढल्किने वा पल्टिने गर्नुहुन्छ ? स्वस्थ रहने हो भने यसो गर्नु राम्रो मानिदैन । आयुर्वेदमा भोजनपछि तुरुन्त सुत्नु वा कडा व्यायाम गर्नु उचित मानिँदैन । हल्का विहार (हिँडडुल) पाचनका लागि हितकर मानिएको छ ।
खानापछि १० मिनेटजति हिँड्नुका फाइदा निम्न प्रकारका छन्: पाचन प्रक्रियालाई सहयोग गर्छ । ग्यास, पेट फुल्ने र अपचको सम्भावना कम गर्न मद्दत गर्छ । रगतमा चिनी (Blood Sugar) एक्कासि बढ्न नदिन सहयोग गर्छ, विशेषगरी मधुमेह भएका व्यक्तिमा । शरीरमा भारीपन र आलस्य कम महसुस गराउँछ ।
आन्द्राको चाल (Bowel Movement) लाई सहज बनाउन मद्दत गर्छ। तौल व्यवस्थापनमा सहयोगी हुन्छ । मनलाई शान्त र तनाव कम गर्न पनि सहयोग पुग्न सक्छ । तर ध्यान दिनुहोस्: खाना खाएलगत्तै दौडिने वा कडा व्यायाम गर्न हुँदैन । करिब १०–१५ मिनेट हल्का गतिमा हिँड्नु नै पर्याप्त हुन्छ । एउटा सानो बानीले पाचन र समग्र स्वास्थ्यमा ठूलो फरक पार्न सक्छ ।