मन्त्री सोनलद्वारा दर्जनबढी खोला नदी तथा खोलाहरु निरीक्षण

राजविराज । प्रदेश २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ स्थित दर्जनबढी नदि तथा खोलाहरुको स्थलगत निरीक्षण गरेका छन । त्रियुगा, पौडाहा, बन्द्रा, सुन्दरी, महुली, आमसोत, डुमजोरसहितका नदि तथा खोलाहरुको उनले निरीक्षण गरेका हुन ।

सो क्रममा मन्त्री सोनलले स्थानीय समस्याकोबारे जानकारी लिदै खोला तथा नदिनालाले गरेको क्षति नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नदिनाला र वन्यजन्तुले पुर्याएको क्षतिको अवलोकनपछि विभिन्न ठाउँमा आयोजित कार्यकर्ता भेटघाटमा पनि मन्त्री सोनाले सहभागी जनाएका छन् ।

मंगलवार गरिएको मन्त्रीस्तरीय टोलीमा राष्ट्रिय सभा सदस्य एवम् जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मृगेन्द्र सिंह यादव, सप्तरी निर्वाचन क्षेत्र नम्वर १ का साँसद डा. सुर्य नारायण यादव, पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य एवम् श्रम तथा रोजगार विभाग प्रमुख राज कुमार लेखी, जिल्ला समन्वय समितीका प्रमुख एवम् पार्टीका केन्द्रिय सदस्य प्रभाकर यादव, प्रेस नेपाल सप्तरीका निमित्त अध्यक्ष वृजमान तामाङ, पार्टीका क्षेत्रीय संयोजक माधव चौधरी लगायतको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस