खडक नदीमा टाउको बालुवामा गाडिएको जिवित शिशु भेटियो

उमेश कुमार साह
बोदे बरसाईन, २८ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित खडक नदीमा आज (शुक्रवार) नवजात शिशु जिवित अवस्थामा फेला परेको छ ।

टाउकोतिरबाट आधा शरीर बालुवामा गाडिएको अवस्थामा फेला परेको शिशुलाई जनप्रतिनिधि र प्रहरीले उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाएको छ ।

स्थानीयले शिशुबारे जानकारी गराएसँगै नदीमा पुगेको प्रहरी टोलीले उद्धार गरी उपचारकोलागि पठाइएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक अयोधिशरण यादवले जानकारी दिए । शिशु कसले नदीमा फालेको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

ईलाका स्वास्थ्य चौकी बोदे बर्साईन प्रमुख एयुर राईनले फेला परेको शिशु (वालक)को स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनका अनुसार १२ घण्टाभित्रै शिशुको जन्म भएको हो ।

यसैबीच बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले फेलाको शिशुको सम्पूर्ण स्वास्थ्य खर्च र पालनपोषण नगरपालिकाले गर्ने जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस