थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५३७ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । पछिल्लो २४ घण्टामा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस