३३ हजार केवी हाईटेंशन तारमा छोएर हात्तीको ज्यान गयो

राजविराज, ७ मंसिर । सप्तरीमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको एक हात्तीको गए राति करेन्ट लागेर ज्यान गएको छ । कञ्चनरुप नगरपालिका–५ पडेमारामा ३३ हजार केवी हाईटेंशन तारमा छोएर हात्तीको ज्यान भएको हो ।

आरक्षबाट समूहमा निस्केका हात्तीले पोलमा शरीर घिंसारेपछि पोल भासिएर करेन्ट लागेको हुनसक्ने कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिए ।

मरेको हात्ती हेर्न सर्वसाधारणको भिड लागेका कारण कञ्चनपुर–फत्तेपुर सडक खण्ड अवरुद्ध भएको छ ।

सो स्थलमा कुशहा गणका नेपाली सेना, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी, कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा र जिल्ला वन कार्यालयका कर्मचारी पुगेर सर्वसाधारणको भिड र हात्ती व्यवस्थापन कार्य थालेका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780