फेसबुकमा बिर्सेर पनि यी सामाग्री पोष्ट नगर्नुस्, नभई अकाउण्ट नै ब्लक हुनसक्छ !

जनकपुरधाम । आजको समयमा विश्वभरका आधाभन्दा बढी मानिस सोशल मिडिया प्लेटफाँर्म फेसबुकको प्रयोग गर्छन् । हरेक क्षण प्रयोगकर्ताले फेसबुकमा केही न केही पोष्ट गरिरहेका हुन्छन् । तर कुनै बेला केही प्रयोगकर्ताले यस्तो सामाग्री पोष्ट गर्न पुग्छन्, जसको कारणले पछुतो गर्छन् ।

यस्तै केही सामाग्रीका बारेमा आज हामी जानकारी गराउन गइरहेका छौं । यी सामाग्रीहरु कहिले पनि फेसबुकमा पोष्ट नगर्नुहोला ।

हिंसा फैलाउने खालका सामाग्री

सोशल मिडिया कम्पनी फेसबुकले त्यस्ता प्रयोगकर्तालाई तत्कालै ब्लक गर्छन् । जुन मानिसले कुनै व्यक्ति, समूह वा स्थानविरुद्ध हिंसा फैलाउने खालका सामाग्री पोष्ट गर्छन् । साथै फेसबुकबाट कसैलाई कुनै प्रकारको धम्की पनि दिन मिल्दैन । यस अतिरिक्त कसैसँग पैसा मागेमा, कुनै हतियारबारे उल्लेख गरेमा वा हतियार विक्री गर्ने प्रस्ताव गरेमा त्यस्ता पोष्टलाई हटाएर प्रयोगकर्तालाई ब्लक गर्ने गरेको छ ।

प्रतिबन्धित सामानको कारोबार

फेसबुकमा अवैध औषधीदेखि गाँजासम्मको कोरोबार गर्न प्रतिवन्ध लगाइएको छ । विस्फोटक पदार्थ, हातहतियारको कारोबारलाई पनि प्रतिवन्ध लगाइएको छ । यद्यपी कसैबाट यस्ता सामानसँग जोडिएका सामाग्री पोष्ट भएमा तत्कालै ब्लक गरेर त्यस्ता व्यक्ति विरुद्ध कारवाही पनि हुने कम्पनीको दावी छ ।

आतंकवाद सम्वन्धी गतिविधि

आतंकवाद सम्वन्धी गतिविधिकासाथै संगठित रुपमा घृणा फैलाउने, हत्या–हिंसा, मानव तस्करी, सांगठित हिंसा वा अपराधिक गतिविधि, धार्मिक द्वन्द्व फैलाउने खालका कार्यलाई प्रोत्साहन गर्ने पोष्टलाई पनि हटाएर प्रयोगकर्तालाई ब्लक गरिन्छ ।

आवश्यकताभन्दा बढी प्रयोगकर्तालाई पोक गर्ने

यदी तपाईले फेसबुकका अन्य प्रयोगकर्तालाई आवश्यकताभन्दा बढी पोक गर्दै हुनुहुन्छ भने यस्तो कार्य बन्द गर्नुस् । यस्तो गर्ने प्रयोगकर्ताको पनि फेसबुक अकाउण्ट ब्लक हुनसक्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस