बर्दिवासमा आन्दोलन चर्किएपछि स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

जनकपुरधाम । छ वर्षीया बालिका हत्या र हत्याविरुद्ध भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि आन्दोलन चर्किएको छ । यसैबीच अवस्था सहज पार्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवारबाट बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार पूर्वमा रातुखोला, पश्चिममा माइस्थान, उत्तरमा पाटु र दक्षिणमा क्वार्टर चोकसम्म निषेधाज्ञा जारी गरिएको हो । बुधवार बिहान ९ बजेदेखि बिहीवार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उनले बताए ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी कोही पनि भेला हुन नपाइने जनाइएको छ । दुई दिनदेखि वेपत्ता रहेकी बालिका गुलाव साह खातुनको शव मंगलबार बिहान बोरामा कोचेर फालिएको अवस्थामा बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो ।

हत्याका दोषीलाई कारबाहीको मागसहित शव सडकमा राखेर आफन्त र स्थानीयहरुले प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो । ग्रान्डी अस्पतालमा उपचारको न्यौपानेको गए राति मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस