विश्वभर एकै दिन ५ लाख २७ हजारबढी कोरोना संक्रमित थपिए

जनकपुरधाम मंसिर । विश्वभर एकै दिन ५ लाख २७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सको मंगलवार अद्यावधिक तथ्यांकअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार २०९ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ९३ लाख ७७ हजार ४८६ पुगेको छ । सक्रिय संक्रमितमध्ये १ लाख छ हजार १८४ जनाको अवस्था गम्भीर छ ।

विश्वभर हाल छ करोड ७९ लाख ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ करोड ७० लाख ७ हजार २८४ जना डिस्चार्ज भइसकेका छन् । यसैगरी हालसम्म कोरोना संक्रमणबाट १५ लाख ५० हजार १६९ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780