राजविराज, २७ मंसिर । देशको भूमिपुत्रको रुपमा रहेका थारु समुदायले आफ्नो थरमा अनिवार्य रुपमा थारु लेखिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
थारु आयोगको सहकार्यमा सप्तरीको घोघिदाहा भवानीपुर स्थित जनचेतना माध्यमिक विद्यालयमा शनिवार आयोजित थारु समुदायको थर सूचिकरण सुझाव संकलन गोष्ठीमा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । थारु जातिको आफ्नै इतिहास रहेको भन्दै उनीहरुले राजनीतिक, भाषिक, सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
मानवशास्त्र केन्द्रीय विभाग र थारु कल्याणकारिणी सभा जिल्ला समिति सप्तरीद्वारा आयोजित कार्यक्रममा थारु अगुवाहरु डा. ललन चौधरी, रामानन्द लेखी, विनोद चौधरी, महेश चौधरी, चन्द्रनारायण चौधरी, पानालाल चौधरी, सियाराम चौधरी, सत्यनारायण चौधरी, सुदर्शन चौधरी लगायतले विचार व्यक्त गरे ।