राजविराज, २८ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ स्थित बेल्ही टोलका सय परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब राजविराजद्वारा शनिबार जाडोबाट जोगिन ब्ल्याङ्केटसहित खाद्य सामग्री उपलब्ध गराईएको हो । क्लवद्वारा पीडित परिवारलाई ब्ल्याङ्केट एक थान, चामल १५ किलो, दाल दुई किलो, खाने तेल दुई लिटर, पिठो दुई केजी, नुन दुई किलो, चिनी दुई किलो, सोयाबिन पाँच सय ग्राम, चियापत्ती पाँच सय ग्राम र बिस्कुट चार प्याकेट, साबुन दुई ओटा, मास्क १० पिस वितरण गरिएको छ ।
लायन्स क्लव राजविराजका अध्यक्ष ई. शैलेन्द्र मोहन झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवम् प्रदेश सभा सदस्य मनिष कुमार सुमन लगायतले राहत सामग्री वितरण गरेका छन् । राहत वितरण कार्यक्रममा साहित्यकार करुणा झा, वडा नम्वर १ का अध्यक्ष दिनेश्वर मिश्र, क्लवका सचिव फुर्कान खान, नेता दिपेन्द्र चौधरी, डा. विकाशचन्द्र झा, विजय यादव लगायतको उपस्थिति थियो ।